Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली क्रिकेट टोलीले श्रीलंकामा अभ्यास खेल खेल्ने

१४ भाद्र ,काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलपमेन्टसँग तीन ओडीआई र चार अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघले (क्यान) का अनुसार आईसीसी लिग-२ को तयारीका लागि नेपाली टोली श्रीलंका टूर गर्न लागेको हो ।

नेपालले सेप्टेम्बर २ श्रीलंका डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेल्नेछ। त्यसको भोलिपल्ट पहिलो ओडीआई खेल्नेछ। क्यानका अनुसार एक दिन अभ्यास र अर्को दिन ओडीआई खेल्नेगरी नेपाली टोली श्रीलंका जान लागेको हो ।

नेपालले ८ सेप्टेम्बरमा अन्तिम अभ्यास खेल्नेछ। श्रीलंका टूरपछि नेपाल लिग २ को खेल खेल्न क्यानडा जाने तयारी गरेको छ। क्यानडामा आयोजक र ओमानसँग त्रीदेशीय शृंखला खेल्ने तालिका रहेको छ।

श्रीलंका टूरका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १९ सदस्यीय टोली घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment