Comments Add Comment

Advertisment

SKIP THIS

पत्रकारको कलमले जित्यो, नगरपालिकाको पावर फेल : तिनपिप्ले–रत्नपार्कमा बस सेवा सुरु

काठमाडौं, असोज १२ । १२ वर्षदेखि अवरुद्ध तिनपिप्ले–आठमाइल–ठुलागाउँ हुँदै रत्नपार्कसम्मको सार्वजनिक बस सेवा पुनः सञ्चालनमा आउने भएको छ।

तारकेश्वर यातायात समितिका सचिव धर्म भण्डारीका अनुसार बस सेवा आउँदो असोज १३ गते बिहान ५ बजेदेखि नियमित रूपमा सञ्चालनमा आउने छ।

तारकेश्वर नगरपालिका–३ र ५ का बासिन्दाहरू विगत एक दशकभन्दा बढी समयदेखि सार्वजनिक यातायातको अभावमा दैनिक जीवनमा असुविधा खेप्दै आएका थिए।

गत असोज ११ गते स्थानीय पत्रकार राजन नेपालसहितको भेलामा नागरिकहरूले आफ्नो माग, पीडा र आक्रोश सार्वजनिक गरेपछि सम्बन्धित निकायमा दबाब सिर्जना भएको थियो। त्यसको परिणामस्वरूप असोज १२ गते यातायात समिति, स्थानीय जनप्रतिनिधि, समाजसेवी र पत्रकारबीच छलफल सम्पन्न भई बस सञ्चालन गर्ने सहमति जुटाइएको हो।

समितिका अनुसार बस सेवा सुरुवाती चरणमा बिहान ५ बजेदेखि सञ्चालन हुनेछ र यात्रुको आवश्यकताअनुसार थप समय र गाडी विस्तार गर्ने योजना रहेको छ।

१२ वर्षसम्म नगरपालिकाले सम्बोधन गर्न नसकेको विषय स्थानीय पत्रकारहरूले निरन्तर प्रकाशन गरेपछि मात्रै सम्भव भएको भन्दै बासिन्दाहरूले सञ्चारमाध्यम र सक्रिय टिमप्रति आभार व्यक्त गरेका छन्।

स्थानीयवासीका अनुसार बस सेवा सञ्चालनले दैनिक कामकाज, विद्यार्थी आवतजावत, बजार आपूर्ति तथा सामाजिक गतिविधिमा ठूलो सहजता ल्याउनेछ। यस निर्णयलाई तारकेश्वरबासीले दशैंको उपहारका रूपमा स्वागत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै