Comments Add Comment

Advertisment

SKIP THIS

एमाले बाँकेका उपसचिव प्रमोद धिताल एकीकृत समजावादीमा प्रवेश

८ पुष , काठमाडौ । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । धितालले आज एक विज्ञप्ति सार्वजनिक गर्दै आफू अब नेकपा एकीकृत समाजवादीमा आवद्ध भएको जनाएका छन् ।

एकीकृत समाजवादी प्रवेश गर्दै धितालले भने, ‘एमालेमा रहेका बाँकी साथीहरुलाई पनि क्रान्तिकारी पार्टी समाजवादीमा आउन अनुरोध गर्दछु ।’प्रमोद धिताल दश बुंदे सहमति पश्चात एमालेका जिल्ला उपसचिव बनेका थिए ।

विगत लामो समय देखि बाँकेको कम्युनिस्ट आन्दोलनमा अग्रणी भुमिका खेल्दै आएका धितालले केपी ओलीले एमालेलाई विधि र विधान विपरीत चलाउन खोजेको तथा दक्षिणपन्थी अवसरवादको भासमा डुवाउदै लगेको आरोप लगाउँदै आएका थिए ।

उनले भने, ‘एमाले व्याक्तिवादी प्रवृतिले ग्रसित भएकोले कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्तित्व माधव कुमार नेपालले नेतृत्व गरेको पार्टी आवद्ध हुने घोषणा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै