‘जेरी–२’ मा आनाको इन्ट्री -
Comments Add Comment

‘जेरी–२’ मा आनाको इन्ट्री

५ माघ , काठमाडौं । नमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी–२’ मा अभिनेत्रीको रुपमा आना शर्मा छानिएकी छन् । आना र निर्माण टिमबीच फिल्ममा सहकार्यबारे सम्झौता भएको हो । करिब ८ वर्ष अगाडि अभिनेता केसीकै जोडीको रुपमा ‘जेरी’बाट अभिनयमा त्रिभिएकी आनाले फेरि उनैसँग पर्दामा रोमान्स गर्ने भएकी हुन् । यस अगाडि पूर्णिका सिंजापति पनि नायिकाको रुपमा फाइनल भइसकेकी छन् ।

अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन् । अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसन समेत आह्वान गरेको छ । एक महिनापछि छायांकन सुरु हुने फिल्मका लागि अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्र लोकेशनको लागि तय गरिएको छ । सगरमाथा क्षेत्रमा यसअघि अनमोल र सुहाना थापा स्टारर ‘ए मेरो हजुर ३’ छायांकन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

‘जेरी २’मा अनमोल अनुबन्धित

Advertisment

छुटाउनुभयो कि? सबै

‘जेरी २’मा अनमोल अनुबन्धित


This will close in 20 seconds