Comments Add Comment

Advertisment

SKIP THIS

घरभित्र सुतिरहेको अवस्थामा दम्पतीको हत्या, पर्वत प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु

पोखरा । पर्वतको जलजलामा एक दम्पतीको हत्या भएको छ । जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरभित्र सुतिरहेको अवस्थामा जिसी दम्पतीको हत्या भएको र आज बिहान घरभित्र नै मृत अवस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसीले जानकारी दिए । उनका अनुसार घरमा उनीहरू २ जना मात्रै बस्दे आएका थिए ।

पर्वत प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै