Comments Add Comment

Advertisment

SKIP THIS

युवा संघले ब्युँतायो ‘युथ फोर्स’, तत्काल ५० हजार युवा परिचालन गर्ने

२९ आषाढ ,काठमाडौ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ‘युथ फोर्स’ ब्युँताएको छ ।

वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्षपछि प्राप्त दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई नियन्त्रण गरी निरंकुशता हावी हुने भन्दै संघले आज युथ फोर्सलाई ब्युँताउने घोषणा गरेको हो ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स ब्यँतिएको घोषणा गरे । माओवादीको ज्यादतीको विरुद्धमा संघका इन्चार्ज महेश बस्नेतको नेतृत्वमा गठन गरिएको युथफोर्स पुनः मुलुकको लागि आवश्यक परेको भन्दै ब्युँताएको हो ।

युथफोर्स सिरानीमुनी राखेको खुकुरीको धार जस्तो भएको उल्लेख गर्दै मुलुकको विषम परिस्थितिमा युथफोर्स मुलुकको व्यवस्था बचाउन मेरुदण्डले जस्तै काम गर्ने दाबी गरिएको छ ।

युथफोर्सले आगामी एक हप्ताभित्र नै देशभर कम्तिमा ५० हजार युवाहरु एकताबद्ध बनाई परिचालन गर्ने जनाएको छ । फोर्सको संयोजक संघका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख क्षितिज थेबेलाई जिम्मेवारी दिएको छ । त्यस्तै सहसंयोजमा संघकै उपाध्यक्ष पुष्प श्रेष्ठलाई जिम्मेवारी दिएको छ । थेबेको संयोजकत्ममा ५ सय १ केन्द्रीय कमाण्ड रहने संघले जनाएको छ ।

यस्तै युथ फोर्सले देशभर १ सय ७५ वटा निर्देशन कमाण्डिङ फोर्सं गठन गर्ने भएको छ । जसमा २५ वटा काठमाडौँ उपत्यकाभित्र रहनेछन् भने १ सय ५० वटा उपत्यका बाहिर रहने छन् । जसको मुख्य कमाण्ड पार्टीको निर्देशन अनुसार संघका अध्यक्ष पौडेलले गर्नेछन् ।

एमालेविरुद्ध षड्न्त्रमुलक तवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको भरमा मुलुकलाई नै बन्धक बनाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा राष्ट्रिय अखण्डता तथा नेपालमा लामो समयसम्मको जनताको बलिदानीबाट प्राप्त उपलब्धीलाई ध्वस्त बनाई निर्दलीय, निरंकुश तथा पञ्चायती शैलीलाई अंगिकारी गरी कांग्रेस, माओवादी, जनता समाजवादी ९जसपा० उपेन्द्र यादव पक्ष तथा जनमोर्चालगायका दलहरुले गर्न खोजेको भन्दै अध्यक्ष पौडेलले मुलुकलाई अस्थितरताको बाटोमा लैजान नदिने उद्घोष गरे ।

युथ फोर्स गठन कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले कानुनलाई हातमा लिने नभई साथमा लिएर मुलुकमा भइरहेको राजनीतिक विकृति, विसंगती तथा अदालतले सेटिङ तथा डलरको भरमा गर्ने निर्णयको विरुद्धमा भण्डाफोर अभियान चलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै