Comments Add Comment

Advertisment

SKIP THIS

चीनबाट आयो थप ४४ लाख डोज भेरोसेल खोप

१ असोज ,काठमाडौ । चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौँ आइपुगेको छ ।

नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सो खोप लिन बिहीबार राति नेपाल एयरलाइन्सको बिमान बेइजिङ उडेको थियो । नेपाल सरकारले खरिद गरेको ६० लाख डोज मध्ये शुक्रबार ४४ लाख डोज खोप ल्याइएको हो । यसअघि ६० लाखमध्ये १६ लाख डोज खोप नेपाल आइसकेको छ ।

नेपालमा हालसम्म १ करोड ३३ लाख डोज खोप आएको छ । त्यसमध्ये ५० लाख डोज खरिद गरिएको हो भने बाँकी अनुदान सहयोगमा प्राप्त भएको हो । सरकारले आगामी चैतसम्म खोप लगाउन योग्य सबै नेपाली नागरिकलाई खोप लगाइसक्ने रणनीति बनाएको छ । सोही अनुसार खोप आपूर्ति भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै