Comments Add Comment

Advertisment

SKIP THIS

डेटा सेन्टरका लागि उपयुक्त हुनसक्छ नेपालको हिमाली क्षेत्र : तर कसैले किन राख्दैन ?

२० साउन , काठमाडौं । हामीले साँच्चै नै डेटा सेन्टरमा राम्रो काम गर्यौँ, बजार तयार पार्न सक्यौँ भने देश विकासमा पनि सहयोग पुग्छ । तर यसका लागि हामीले सुरुमा पूर्वाधार विकास गर्नुपर्छ । डेटा सेन्टरलाई मुख्य चाहिने भनेको चिस्याउन चाहिने बिजुली हो । किन भने त्यसलाई सँधै चिसो बनाएर राख्नु पर्छ ।

हामीले हिमालय क्षेत्र तिर डेटा सेन्टर बनायौँ भने लागत कम पर्न सक्छ । त्यो एउटा विकल्प हुन सक्छ । तर त्यहाँ धेरै प्राकृतिक प्रकोपहरू आउन सक्छन् । त्यसमा पनि सचेत हुनु पर्छ । माइक्रोसफ्टले समुन्द्र मुनि डेटा सेन्टर बनाएर ‘कुलिङ’ (चिस्याउँदा) लागत घटायो । त्यस्तै हामीले हिमाली क्षेत्रमा भएका स्रोतहरू प्रयोग गरेर ‘कुलिङ’को लागत घटाउन सकिन्छ । डेटा सेन्टर चलाउँदा लाग्ने कूल खर्च मध्ये ५० प्रतिशत कुलिङतर्फ हुन्छ ।

हिमाली क्षेत्रमा डेटा सेन्टरहरु बनायौं भने कुलिङको लागत घट्छ । हामी प्राकृतिक ‘कुलिङ’मा जान सक्छौँ । जसका लागि सातै दिन २४ सै घण्टा चिसो हुने क्षेत्र चाहिन्छ । हामीले डेटा सेन्टरका लागि कायम गर्ने तापक्रम भनेकौ २३र२४ डिग्री हो ।

किनकी सर्भरहरूले ताप निकालिरहेका हुन्छन् । जसबाट सर्भर तथा उपकरणहरू थप तात्न दिनु हुँदैन । यसका साथै हिमाली क्षेत्रमा डेटा सेन्टर बनाउँदा ‘कनेक्टिभिटी’ (इन्टरनेट तथा सञ्चार सम्पर्क) भने विकास गर्नु पर्छ ।

नेपाल विद्युत प्राधिकरणले पावर लाइनहरू बनाइरहेको छ । त्यसमा उसको आफ्नो छुट्टै ‘कनेक्टिभिटी’ पनि छ । त्यसैलाई सदुपयोग गरेर हिमाली तथा चिसो हावापानी भएका ठाउँहरुमा डेटा सेन्टरको परीक्षण तथा लगानी किन हुन सकिरहेको छैन भन्ने प्रश्न उठ्न सक्छ ।

वास्तवमा अहिलेको अवस्थामा त्यसरी काम गर्न सकिने वातावरण नै छैन । इन्टरनेट सेवा प्रदायकहरूले आफ्नै तार तान्न सक्ने अवस्था छैन । विद्युत प्राधिकरणको आफ्नै पारा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै