Comments Add Comment

Advertisment

SKIP THIS

मनोनयन दर्ता नसकिँदै माओवादी केन्द्रले खोल्यो पहिलो खाता

मनोनयन दर्ता नसकिँदै माओवादी केन्द्रले खोल्यो पहिलो खाता, अध्यक्षसहित सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि अहिले देशभर उम्मेदवारी दर्ताको काम भइरहेको छ । देशभर उम्मेदवारी दर्ताको काम हिजोदेखि सुरु भएको हो ।

यसअघिका चुनावमा उम्मेदवारी दर्ताका क्रममा निक्कै चाप भएकाले यो पटक उम्मेदवारी दर्ताको समय २ दिन तय गरिएको थियो । देशका विभिन्न ठाउँमा उम्मेदवारी दर्ताको क्रम चल्दै गर्दा माओवादी केन्द्रले भने पहिलो खाता खोलेको छ ।

स्थानीय तहको मनोनयन दर्ता सम्पन्न नहुँदै एक स्थानीय तहको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।मनाङको नेस्याँङ गाउँपालिका– ९ मा माओवादीको उम्मेदवारसहित सबै सदस्य निर्विरोध निर्वाचित भएका हुन् । वडाध्यक्षमा माओवादी केन्द्रकी च्योल्पा गुरूङ निर्विरोध निर्वाचित भएकी छन् ।

यस्तै सदस्यहरूमा अनिल गुरूङ, धनबहादुर गुरूङ पनि निर्वाचित भएका छन् । यस्तै महिला सदस्यमा रिया गुरूङ र दलित सदस्यमा सुष्मिता सेन्चुरी पनि निर्विरोध निर्वाचन भएका हुन् । निर्वाचन समितिले भने सबैको नाम पालिकाको अन्तिम मतगणना भएपछि मात्रै घोषणा गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै