Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचनको दिन सार्वजनिक बिदा

२६ बैशाख , काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरू र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ वैशाख २५ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयले आज एक सूचना प्रकाशित गरी भनेको छ ।

यही वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै