Comments Add Comment

Advertisment

SKIP THIS

ओलीलाई हर्क साम्पाङको जवाफ : एमालेले ३० वर्षमा गर्न नसकेको काम मैले चार महिनामा गरेँ

२६ कात्तिक , काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमालेले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा गरेको दाबी गरेका छन्।

शुक्रबार चुनावी प्रचारप्रसारको लागि धरान पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीको पानी तानेर एमालेले डाँडामा ल्याउने दाबी गरेका थिए।

धरानमा पानीको विकराल समस्या भएको तर मेयर छान्ने बेलामा धराने जनताले आँखा नदेखेको भन्ने टिप्पणी गरेपछि मेयरले साम्पाङले धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई ओलीले अपमान गरेको टिप्पणी गरे ।

मेयर छान्न जानेनौ भनेर धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम ४ महिनामा पूरा गरेको छ हर्कले, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment