Comments Add Comment

Advertisment

SKIP THIS

समावेशी टोलसुधार समितिको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

१२ असोज, काठमाडौ । आज मिति २०८१ साल असोज १२ गते शनिवारको दिन काठमाडौ जिल्लाको उत्तरी भेग ता.न.पा.८ लामवगरमा अवस्थित तारकेश्वर मल्टी भेन्युमा यस समावेशी टोलसुधार समितिको बडा दशैं, शुभदीपावली तथा छट पर्वको पावन अवसरमा आयोजित विभिन्न विषयमा छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रम समापन भएको छ ।

सम्प७त्रगयतसर्ण टोलवासीहरुको उपस्थित रहेको उक्त कार्यक्रमको अध्यक्षता उक्त टोलसुधार समितिका अध्यक्ष ७नतसी शम्भुप्रसाद मि७नतसले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा स्वागत मन्तब्य सोही समितिका उपाध्यक्ष खिमराज गिरीद्धारा दिइएको थियो ।

उक्त कार्यक्रममा खिमराज गिरीद्धारा हाल भएका चोरी तथा डकैतीका घटनाबाट सजग हुनुपर्ने, घरमा बस्ने भाडावाला प्रत्येक ब्यक्तिहरुको नागरिकताको प्रतिलिपीको पहिचान राख्नुपर्ने, फोहोर ब्यवस्थापनमा तद्रुकता देखाउनु पर्ने, ढलमा जाने पानीको ब्यवस्थापन प्रत्येक घरबाट गरिनुपर्ने जस्ता महत्वपर्ण कुराहरु अवगत गराइएको थियो भने अर्का उपाध्यक्ष अच्युत गुरुङ्गद्धारा समसामयिक विषयमा चर्चा गरिएको थियो ।

उक्त कार्यक्रम सञ्चालन उक्त समितिका सचिव धुर्व तिवारीले गर्नुभएको थियो । सोही क्रममा टोलसुधार समितिका विभिन्न ब्यक्तिहरुद्धारा एक आपसमा शुभकामना आदान प्रदान गर्नुकासाथै टोलमा भएका समस्या र समाधानका उपायवारे आ–आप्mनो मन्तब्य राखिएको थियो ।

उक्त कार्यक्रमको अन्तमा अध्यक्षले अतीतमा भए गरेका कामकारवाहीवारे चर्चा गर्दै भविश्यमा गरिने कार्ययोजनाहरु पनि प्रस्तत गर्दै कार्यक्रमको समापन गनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment