Comments Add Comment

नवनिर्वाचित राष्ट्रपति पौडेललाई एमाले अध्यक्ष ओलीको शुभकामना

२६ फागुन , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।

आफ्नो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहीबार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

‘नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रूपमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवम् मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ ओलीले फेसबुकमा पौडेलको तस्वीरसहित पोस्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment