Comments Add Comment

Advertisment

SKIP THIS

नगरपालिकाद्वारा मकै, सुन्तला र तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

२ पुष , काठमाडौं । बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु २० लाखमा बागलुङ नगरपालिका-९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती प्रवर्द्धन गर्न थालिएको छ ।

वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवर्द्धन गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख राहुल केसीका अनुसार नगरपालिकाका १४ वटै वडामा मकै प्रवर्द्धनका लागि १० लाख खर्च गरिनेछ ।

‘तित्याङमा यस वर्ष १० लाखको सुन्तला प्रवर्द्धन र रु १० लाखकै तरकारी खेती प्रवर्द्धनका लागि काम गरिनेछ’, उनले भने, ‘यस वर्ष त्यहाँका किसानको सुन्तला बगैँचा व्यवस्थापन, उपचार, नयाँ बगैँचा स्थापना र सुन्तलाको नर्सरी स्थापना गर्ने गरी प्रस्ताव आह्वान गरेका छौँ ।’

पछिल्लो समय नगरपालिकाले उन्नत जातको मकै खेती प्रवर्द्धन गरिरहेको छ । यस वर्ष मकैको बीउदेखि उपकरणलगायत कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरेको कृषि शाखाले जनाएको छ । नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रवद्र्धन कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको तित्याङका वडाध्यक्ष राजु थापाले बताए ।

‘तित्याङमा पछिल्लो समय बगैँचा व्यवस्थापन हुन सकेको छैन’, उनले भने । पछिल्लो समय तित्याङमा सुन्तला खेतीमा विस्तार भइरहेको छ । तित्याङमा तरकारी खेतीका लागि चार हाइटेक टर्नेल र सिँचाइको कार्यक्रमका लागि यस वर्ष १० लाख खर्च गरिनेछ ।

संघीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेती प्रवर्द्धनमा नगरपालिकामार्फत बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै