Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डको आदेशमा राष्टपतिले राजीनामा दिनुपर्ने हो ? वाहियात कुरा गर्छन् : ओली

२५ भाद्र , काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताएका छन् ।

उनले सत्तापक्षले अहंकारको भाषा बोलेको समेत आरोप लगाउदै भने, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उदण्डता देखाउने ?’

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको बताए । यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउने छन् भनेर संशोधन ल्याउन उनले आग्रह गरे ।

‘प्रचण्डको आदेशमा राष्टपतिले राजीनामा दिनुपर्ने हो ? वाहियात कुरा गर्छन्’, उनले अघि भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै