२४ भाद्र , काठमाडौ । नेपाली सेनाको ४५ औं प्रधानसेनापति अशोकराज सिग्देलले आजबाट कामान्ड सम्हाल्दै छन् ।
उनलाई आज बिहान १० बजे राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्न लागेका हुन् ।
त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्नेछन् । प्रधानसेनापति प्रभुराम शर्मा शनिबारदेखि अवकासमा जाँदै छन् । सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए।
शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए । सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् ।