Comments Add Comment

Advertisment

SKIP THIS

इन्डो प्यासिफिक सेना प्रमुखहरुको सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत जाने

४ असोज , काठमाडौ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्डो प्यासिफिक आर्मिज चिफ कन्फेरेन्समा भाग लिन जाने भएका छन्। उनी आइतबार भारत जाने नेपाली सेनाले जनाएको छ।

सम्मेलन सेप्टेम्बर ८ देखि १० तारिखसम्म हुँदै छ। यो सम्मेलनको तेह्रौँ संस्करण हो। उक्त सम्मेलन दौरान हुने ४५ औँ इन्डो प्यासिफिक आर्मिज म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन उपरथी योगराज शर्मा र महासेनानी बसन्तबहादुर गौतम पनि जाने नेपाली सेनाले जनाएको छ।

भारत र अमेरिकी सेनाको संयुक्त आयोजनामा यसपटकको इन्डो प्यासिफिक आर्मिज चिफ कन्फेरेन्स हुँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment