किन गर्दैछ जसपाले पत्रकार सम्मेलन ? -
Comments Add Comment

किन गर्दैछ जसपाले पत्रकार सम्मेलन ?

२६ साउन ,काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । गौर हत्याकाण्ड लगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आफ्नो धारणा सार्बजनिक गर्न उसले दिउँसो २ बजे पत्रकार सम्मलेन बोलाएको हो ।

पार्टी प्रवक्ता मनिष सुमनले दिउँसो २ बजे गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्बजनिक गर्न पत्रकार सम्मेलन बोलाइएको जानकारी दिए । सरकारले हालै गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता जनाएपछि जसपा सशंकित छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उक्त घटनाका बारेमा छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिवद्दता जनाएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि पोखिसकेका छन् ।

आज भन्दा १७ बर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ता बिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

बिभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरे मुख्यतः उपेन्द्र यादव सशंकित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment