१६ फागुन , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालले जनाएको छ ।
पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्। पत्रकार सम्मेलन दिउँसो ३ बजे हुँदैछ।
आइतबारको प्रतिनिधिसभाको बैठकबाट व्याख्त्यामक घोषणासहित एमसीसी पारित भएको थियो । एमसीसीका सन्दर्भमा माओवादीको चर्को आलोचना भएको छ ।
प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँगै एमसिसी पास गर्ने प्रतिबद्धतासहित अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएको थियो। तर नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठकमार्फत एमसिसीको विपक्षमा उभिने निर्णय गरेको थियो।
माओवादी केन्द्रले एमसिसीको विरोधमा सडक आन्दोलन समेत गरेको थियो।



