Comments Add Comment

Advertisment

SKIP THIS

तिज मेला महोत्सव तारकेश्वर ८ पिपलडाडा

काठमाडौंकाे तार्केश्वर नगरपालिकामा  ‘पर्यटन कृषि र प्राकृतिको सौन्दर्य शहर, समृद्ध सांस्कृतिकलाई समेट्दै तार्केश्वरकाे टुसाल चाैरमा दोस्रो तार्केश्वर महोत्सव – २०७९ सन्चालन भएकाे छ ।

उक्त कार्यक्रम हिजाे १४ गते तार्केश्वर नगरपालिकाकी उप-प्रमुख सिर्जना बुर्लाकाेटीले पानसमा बत्ती बलेर यश महाेत्सवलाई उद्घाटन गर्नुभएकाे हाे ।   

नेपाल मेला महोत्सव संघ र समाजसेवा युवा क्लबको संयुक्त आयोजनामा भदौ १४ गते देखि २७ गतेसम्म तार्केश्वर नगरपालिका -८ स्तुपा पिपलडाँडा खेलमैदान मनमैजुमा महोत्सव हुन लागेको हो। 

तार्केश्चर नगरपालिकाको प्रचार प्रसार गर्न र त्यहाँको सम्भावनालाई उजागार गर्न महोत्सव आयोजना गरिएको  न्युज24ग्यालेक्सीलाई जानकारी अाएकाे छ ।

स्थानीय कला, संस्कृति, धार्मिक रीतिरिवाज, चालचलन, पुरातात्विक वस्तुको संरक्षण र सम्बर्द्धन जाेगाउनका निम्ती यस महाेत्सवकाे ठुलाे हात रहने यसै नगरकी उप-प्रमुखले बताउनु भयाे ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु, बाल कलाकारहरु र विभिन्न कार्यक्रमका साथै उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिति रहने जानकारी अाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै