Comments Add Comment

प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको नवनिर्मित भवन उद्‍घाटन

२७ आषाढ ,काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन्।

आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्। अस्पतालका प्रमुख डा.जागेश्वर गौतमले कोभिड(१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए।

नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा गुणस्तर कायम गर्ने डा .गौतमले बताए।

प्रधानमन्त्री ओलीले २०७४ फागुन २५ गते भवनको शिलान्यास गरेका गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment