Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी सुदिप गिरीद्वारा प्रहरी चौकी थुम्वेदिन ताप्लेजुङमा नव-निर्मित भवनको समुदघाटन 

प्रहरी चौकी थुम्वेदिन ताप्लेजुङको नव-निर्मित कार्यालय भवनको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट समुदघाटन सु-सम्पन्न भएको छ ।

कार्यालयको हाता भित्र भएको एक बिशेष कार्यक्रम बिच गिरीले कार्यालय भवन तथा ब्यारेकको विधिवत रुपमा समुदघाटन गर्नुका साथै भवन निर्माण कार्यमा सहयोग पुर्याउनु हुने ब्यक्तित्वहरुलाई कदर पत्रले सम्मान गर्नु भएको थियो ।

भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मेचारीहरुलाई भौतिक सुविधा सम्पन्न भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो ।

प्रहरी चौकी थुम्वेदिनको नव-निर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बिनियोजित रकम १ करोड ६५ लाख २२ हजार ६ सय ३४ रुपैँया ४४ पैसाको लागतमा निर्माण सम्पन्न भएको हो ।

उक्त उदघाटन कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरु, नागरिक समाज तथा स्थानीयबासीहरु समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै