Comments Add Comment

Advertisment

SKIP THIS

चुनावी तालमेल हुनसक्छ, वाम एकता हुँदैन : ओली

७ चैत , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचन तालमेल हुनसक्ने भएपनि वाम एकता वा गठबन्धन सम्भव नभएको बताएका छन् ।

सोमबार बसेको पोलिटब्यूरो बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष ओली वाम गठबन्धन हुन नसक्ने बताएका हुन् ।
बैठकमा एमाले नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरुबीच गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेपछि ओलीले त्यसको जवाफ दिएका हुन् ।

उनले भने, ‘स्थानीय निर्वाचनमा आवश्यकताअनुसार जुनसुकै दलसँग पनि तालमेल हुन सक्छ तर वाम गठबन्धन हुँदैन ।’ यसअघि नेता भुषालले एमाले वाम एकताको मूलप्रवाह भएकाले यसका लागि पहल गर्नुपर्ने बताएका थिए ।
बैठकमा सहभागी नेता शेरबहादुर तामाङका अनुसार नेता भुषालको प्रस्तावमा ओलीले गठबन्धन भनेर वाम पार्टीसँग मात्र नहुने बताए ।

बैठकमा भुसालले वाम एकतामा जोड दिँदा तीन वटा पार्टी विभाजन हुनुको कुनै सैद्धान्तिक आधार नरहेको र आसन्न निर्वाचनमा वामपन्थीको जितलाई सुनिश्चित गर्न पनि एकता आवश्यक भएको उल्लेख गरेका थिए ।

नेता भेषालको प्रस्तावपछि बोलेका नेता महेश बस्नेतले भने विगतमा वाम एकता गरेर पछुताउनुपर्ने अवस्था आइसकेकाले त्यतातिर लाग्न नहुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment