पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सालगायत मातहत रहेका जिल्लाका सम्पुर्ण प्रहरी युनिटले फरारको सुचीमा रहेका अभियुक्तलाई पक्राउ गर्न तदारुकता देखाएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी कुमोद ढुंगेले जिल्लाको कमाण्ड सम्हालेदेखि नै गतेदेखि फरार अभियुक्त पक्राउ अभियान नै संचालन गरेका छन । अभियान संचालन गरेयता विभिन्न मुद्दामा दोषी ठहर भै फरारको सुचीमा रहेकालाई जिल्लाको विभिन्न स्थान बाट पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले बताए ।
हिजो मात्र पर्सा प्रहरीले विभिन्न मितिमा फरार रहेका ११ जना प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला अदालत पर्सामा बुझाएको छ।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा पक्राउ परेका प्रतिवादीहरूमा किर्ते, जालसाजी, करकाप र बैङ्किङ कसुरका अभियुक्तहरू छन्।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा पर्सा जिल्ला, साबिक जयमंगलापुर वडा नम्बर ६ हाल जगरनाथपुर गाउँपालिकाका शङ्कर साह कानु, पानालाल साह कानु, अमर साह कानु, जलसाजी मुद्दामा श्रीकिसुन साह कानु, शिव नारायण साह कलवार, चोर्नीका शङ्कर महतो धानुक, रामबिलास राउत अहिर, राधिका देवी अहिर, रामअयोध्या राउत कुर्मी र रामअयोध्या राउत कुर्मी रहेका छन्। साथै बैङ्किङ कसुर मुद्दामा राजेन्द्र प्रसाद कुर्मीलाई पनि पक्राउ गरिएको छ। प्रहरीले पक्राउ परेका सबैलाई पर्सा जिल्ला अदालतमा बुझाएको जानकारी दिएको छ।
कुनै अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरु गाउँघरमा लुकिछिपी बसेको भए तत्काल जानकारी दिन एसपी कुमोद ढुंगेलले सबैमा अनुरोध समेत गरेका छन् ।
‘अपराध गरेर फरार बनेका व्यक्तिका बारेमा सूचना दिनेको परिचय गोप्य राखिने छ,’ एसपीले भने, ‘प्रतिवादीलाई भने पक्राउ गरेर कानूनको दायरामा ल्याइने छ।’ उनले फरार प्रतिवादीहरुलाई पक्राउ गर्दा सामाजमा सकारात्मक सन्देश जानुको साथै फैसला कार्यान्वयनमा समेत सघाउ पुग्ने बताए ।