Comments Add Comment

Advertisment

SKIP THIS

टर्कीको इस्तानबुलको कारखानामा आगलागी : तीनको मृत्यु, नौ जना घाइते

१७ बैशाख , काठमाडौं । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको कारखानामा भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

शहरको एसियाली हिस्सास्थित तुजला जिल्लाको रासायनिक कारखानामा आगलागी भएको हो । आगलागीमा परी अरु ९ जना घाइते भएका छन् ।

घटनास्थलमा तत्कालै दमकल, एम्बुलेन्स र उद्धार टोली पठाइएको र आगो नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ ।

विज्ञप्ति अनुसार आगलागीमा नौ जना कामदार सामान्य घाइते भए पनि अन्य तीन जनाको ज्यान गएको छ ।

आगोको कारण कारखानामा धेरै शक्तिशाली विस्फोट भएको र नजिकैका केही सवारी साधन र भवनहरूलाई क्षति पुगेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment