Comments Add Comment

Advertisment

SKIP THIS

विराटनगरमा तरकारी बोकेको ट्रकबाट ६ बोरा गाँजा बरामद

१४ साउन , काठमाडौँ । विराटनगरमा तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ ।

शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले ६ वटा बोरामा १५६ किलो गाँजा बरामद गरेको हो ।

बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १-०२-००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा शुक्रबार राति ६ बोरा गाँजन भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा ४६ बोरा बन्दा कोपी र ६ बोरा गाँजा थियो ।

गाँजासहित पक्राउ परेका ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै