Comments Add Comment

Advertisment

SKIP THIS

२० रुपैयाँ नतिरेको निहुँमा अर्घाखाँचीका गोपाल नेपालीले ७२ वर्षीया हरिकला भुसालको हत्या गरे

अर्घाखाँची । अर्घाखाँचीमा २० रुपैयाँको झगडाले वृद्धाको ज्यान गएको छ।

मालारानी गाउँपालिका-९ गोखुङ्गा पात्लेमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेका हुन् ।

मालारानी स्थायी ठेगाना भइ भुमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गत कार्तिक १४ गते २० रुपैयाँ नतिरेको भन्दै नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए। झगडाले उग्र रुप लिंदै जाँदा झगडा गर्ने क्रममा वृद्धा भुसाललाई घरमा एक्लै देखेपछि मुक्का र खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष स्विकार गरेका छन्।

हत्यापछी उनले भएको नगद र सुनका गरगहना चोरी गरेर फरार भएका थिए। २० रुपैयाँको झगडाले उग्र रुप लिंदै जाँदा महिलाको ज्यान गएको खुलेको हो। नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै