
९ माघ , काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । सचिवालय स्रोतका अनुसार उनलाई अस्ति कोरोना देखिएको र स्वास्थ्यमा पनि समस्या देखिएपछि मेडिसिटीमा भर्ना गरिएको हो । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।



