Comments Add Comment

Advertisment

SKIP THIS

शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारे सँगै राजमार्ग सूचारु

१६ फागुन , काठमाडौं । काभ्रेको बनेपा नगरपालिका १० पुलबजार नजिक अरनिको राजमार्गमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारे सँगै राजमार्ग सूचारु भएको छ ।

बिहान ७ बजेको समयमा मोटरसाइकलमा आएका ब्यक्तीले राजमार्गमाको बिच भागमा शंकास्पद वस्तु राखे पछि करीब तिन घण्टा राजमार्गमा बन्द भएको थियो ।

सडकमा राखिएको उक्त बस्तुलाई नेपाली सेनाको कालीजंग गण धुलीखेलबाट खटेको सहसेनानी अजय परियार सहितको टोलीले निष्क्रिय पारेको हो ।

सडकमा शंकास्पद वस्तु भेटिएपछि सवारीसाधन आवागमन अवरुद्ध भएको थियो । सेनाले उक्त वस्तु निष्क्रिय गरेसँगै अहिले भने अरनिको राजमार्गमा सवारी साधन सञ्चालन भइरहेका छन् । तरपनि नेपाल बन्दको आंशिक प्रभाव भने कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै