Comments Add Comment

Advertisment

SKIP THIS

चाडपर्वलाई लक्षित गरी अछामका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना

अछाम । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी अछामका विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछामले चाडपर्व लक्षित ६ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको हो ।

ईलाका प्रहरी कार्यालय साँफेबगर, कमलबजार, प्रहरी चौकी साँफेबजार, मंगलसेन, चौखुट्टे, अस्थायी प्रहरी पोष्ट बेलखेतमा ट्राफिक प्रहरीसहितको आयोजनामा यात्रु सहायता कक्षको स्थापना गरिएको बताइएको छ ।

नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी हुन सक्ने गैर कानूनी क्रियाकलापहरु नियन्त्रण तथा सवारी व्यवस्थापनको लागि यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरिएको अछाम प्रहरीले जनाएको छ ।

यात्रु सहायता कक्षले नागरिकहरु तथा सवारी साधनहरुको आवगमनमा सहज र सुरक्षित हुने विश्वास लिइएको छ । यात्राका क्रममा असहजता र ठगिको महसुस भए सहायता कक्षमा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको अछाम प्रहरीले जनाएको छ ।

सो कार्यक्रमहरुमा भद्रभलादमी, समाजसेवी र यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै