Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिकामा भेटियो प्रहरी जवानको शव : हत्या हुन सक्ने प्रहरीको आशङ्का

५ जेठ , काठमाडौ  । काठमाडौँको तार्केश्वर नगरपालिका वडा नं ९ मनमैजु स्थित एक प्रहरी जवान मृत भेटिएका छन् ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शङ्कास्पद अवस्थामा भेटिएको हो ।

प्रहरी जवान घिमिरे शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा मृत भेटिएका थिए । पोस्टमार्टमका लागि प्रहरी जवान घिमिरेको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरे त्यसयता फर्किएका थिएनन्।

शुक्रबार अपराह्न स्थानीयले खबर गरेपछि प्रहरी घिमिरेको शव भएको स्थानमा पुगेको थियो।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले न्युज24ग्यालेक्सीलाई जनाएको छ।

प्रहरीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका-१ घर भएका घिमिरे सामाखुसीमा डेरा गरी बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै