Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ टोखाको मनोहर माविका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप

२१ मंसिर , काठमाडौ । काठमाडौँको टोखा नगरपालिका–१० स्थित मनोहर माविका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

प्र.अ माधवप्रसाद भट्टराई विरुद्ध विद्यालयमा अध्ययनरत एक जना छात्राले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएकी छिन् । छात्राले उजुरी दिएपछि प्रअ भट्टराई फरार भएको वृत्त महाराजगञ्जका एक जना अधिकृतले रातोपाटीलाई बताए । छात्राले दिएर ‘बाल यौन दुर्व्यवहार’ विरुद्धको उजुरी प्रहरीले दर्ता गरेको छ ।

प्रधानाध्यापकको कोठामा भदौ ७ मा र त्यसभन्दा पहिले पनि ढोका लगाएर भट्टराईले छात्रको ढाड मुसार्ने, भित्री वस्त्रको लक खोलिदिने र यौन सम्पर्कबारे सोध्ने गरेको आरोप छ ।

प्रअलाई बालबालिका सम्बन्धी ऐन–०७५ को दफा ६६ अनुसार कारबाही गर्न माग गरिएको छ । फरार भट्टराईलाई प्रहरीले खोजिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment