१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवाली १ नम्बर प्रदेश प्रहरी कार्यालयमा हाजिर हुनुभई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय (माननीय मन्त्रिस्तर)को यही पौष २९ गतेको निर्णयानुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय सरूवा भएका प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले आजै कार्यभार सम्हाल्नु भएको हो ।
डिआईजी श्यामलाल ज्ञवालीले बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गर्नु भएको छ । यसै गरी वहाँले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसक्नु भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।