Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले फेरि संसद विघटन गर्न सक्छन् : चित्रबहादुर केसी

५ साउन , काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्नसक्ने आशंका व्यक्त गरेका छन् ।

शनिबार बुटवलमा प्रगतिशील पत्रकार संघले गरेको पत्रकार भेटघाटमा बोल्दै केसीले यस्तो बताएका हुन्। उनले विगतमा जस्तै प्रधानमन्त्री ओलीले संंसद विघटन गर्न सक्ने बताए।

केसीले भने,‘ओलीले विगतमा अदालतले गलत ठहर गरेर फैसला गर्दा पनि दुई पटकसम्म संसद विघटन गरेका थिए, त्यो कुरा गल्ती हो भनेर अहिलेसम्म स्वीकारेका छैनन् । फेरि पनि संसद भत्काउने र मुलुक प्रतिगमनतिर जाने डर छ ।’

कांग्रेस र एमालेले गरेको भनिएको सात बुँदे सहमति अहिलेसम्म सार्वजनिक किन नगरेको भनेर नेता केसीले प्रश्न समेत गरेका छन् । कांग्रेस र एमालेले स्थायित्व चाहेको भए २०७९ को चुनावको नतिजा आएलगत्तै सोचेर दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने केसीले बताए ।

विगतमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई स्वर्ग गए पनि संगै, नर्क गए पनि संगै जाने हो, गठबन्धन २०८४ सम्म जान्छ भनेको उल्लेख गर्दै केसीले नयाँ गठबन्धनले स्थिरता दिन्छ भनेर पत्याउन नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment