आज कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षा हुने, अन्यत्रको मौसम कस्तो रहला ? -
Comments Add Comment

Advertisment

SKIP THIS

आज कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षा हुने, अन्यत्रको मौसम कस्तो रहला ?

२५ असार ,काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जसकारण देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू–भागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै