हेटौंडा: बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ले बागमती प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई Virtual माध्यमबाट निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा डिआईजीले बागमती प्रदेश मातहत बागमतीका कार्यालय प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवन, बागमती प्रदेश प्रहरी गण हेटौंडा, नेपाल प्रहरी विशेष सुरक्षा गण, रातोमाटे र जिल्ला प्रहरी कार्यालय-१० का कार्यालय प्रमुखहरूलाई कार्य सम्पादन सम्झौतामा थप गर्न निर्देशन दिएका छन् ।

डिआईजी बिष्णु केसीले नेपाल प्रहरीको प्रमुख कार्य अपराध अनुसन्धान, फैसला कार्यान्वयन, पेण्डिङग कसूरहरूको फर्स्यौटमा तिव्रता, सवारी दुर्घटना न्यूनीकरण, लागू औषध नियन्त्रण एवं फडाँनी, सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण, आन्तरिक शुद्धीकरण तथा प्रहरी कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि लगायतको विषयहरुमा आवश्यक निर्देशन दिनु भएको थियो ।