ए हे भन भन भाई हो: देउश्री
यो घरको आगनमा सधै लक्ष्मीको बास होस ,
सत्रु सधै बाँया हुन , धनश्रीको ह्रास नहोस,
सन्तानले डाँडा काँडा ढाकुन, पुगोस मनले आँटेको,
जाँ गएनी खान पाउन , मीठो मसिनो पाकेको ,
लिस्नो होस है चाँदिको, धुरी होस सुनको ,
दानवीर नाम रहोस , नभुलुन त्यो गुनको ,
रातो माटो चिफ्लो बाटो लड्दै पड्दै आइराको ,
पोहोर पायम मनज्ञ तेहि भएर धाइराको ! देउश्री !!
तिहार साँच्चै नै एक रमाइलो पर्व हो तर पनि यहाँ मानिसको हैसियत के छ त्यो नबुझिकन धेउसी भैलो खेल्नेले घरबेटीलाई उचालेर टुप्पामा पुर्याउछन र दान दिन बाध्य पार्छन । यो चाहिँ एकदम बिकृति र बिसंगतिको पराकास्ठा हो ! दान दिनुपर्छ तर हैसियतनुसार र लिनुपर्छ तर बाध्यता र कर कापको भुमरीमा नपारिकन !
जे होस यहाँहरु सबैलाई शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ! खान पुगोस, दिन पुगोस , सधै स्वस्थ रहनुहोस, ब्यस्त रहनुहोस, अनि हाँसिखुसी रहनुहोस ! असल संस्कार र चरित्रले बास गरोस अनि रुन कहिलै नपरोस !
पृथक धार्मिक आस्थाका ब्यक्तिहरुलाईसमेत मेलमिलापको चौतारीमा सुकुल बिछ्याई स्वागत गर्छन यी चाड्बाडहरुले भने एकै धर्म मान्न्नेहरुमा पनि आफन्त आफन्त बीचमा पानी बाराबारको स्थिति नआवस र आउँछ किन ? मनाउँदै गरेको दिपावलीको उपलक्षयमा हार्दिक मंगलमय शुभकामना यहाँहरु सवैमा !



