Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान

२८ माघ , काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकहरुलाई तत्काल देश छोड्न आह्वान गरेका छन् । युक्रेन तनावलाई लिएर अमेरिका र रसियाबीच विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले सो आह्वान गरेका हुन् ।

युक्रेनमा रसियाली सैन्य कारबाहीको धम्की बढेको बाइडेनले बताएका छन् । ‘अमेरिकी नागरिकहरुले तत्काल युक्रेन छोड्नु पर्छ,’ एनबीसी न्युज समाचार संस्थालाई उनले भने, ‘हामीले विश्वकै टूलो सेनासँग डिल गरिरहेका छौं । यो निकै जटिल अवस्था हो ।’

रसियाले युक्रेन अतिक्रमण गरे अमेरिकी नागरिकको उद्दारका लागि अमेरिकी सेना नपठाइने उनले बताएका छन् । युक्रेनमा ‘घटनाक्रम चाँडै उन्माद हुन सक्ने’ राष्ट्रपतिले बताए । ‘अमेरिका र रसियाले एक अर्कालाई गोली हान्न थालेको अवस्थामा त्यो विश्वयुद्ध हो । यसअघि हामीले देखेको भन्दा निकै भिन्न अवस्थामा छौ,’ उनले थपे ।

रसियाले युक्रेनको सीमामा करिब एक लाख सेना परिचालन गरेको छ, जसलाई लिएर पश्चिमा देशहरुले आपत्ति जनाउँदै आएका छन् । तर, रसियाले युक्रेनमा आफ्नो आक्रमण योजना नभएको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै