२७ जेठ , काठमाडौं । यस्तो लाग्छ, बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले तामिल फिल्म ‘थलैयावार १६९’मा देखिने भएकी छन ।
मणिरत्नमको तमिल फिल्म ‘पुन्निइ सेल्भान’पछि ऐश्वर्या आगामी फिल्म ‘थलैयावार १६९’मा ‘रोबोट’ को-स्टार रजनीकान्तसँग देखिने भएकी हुन् । फिल्मलाई ‘बिस्ट’ फेम्ड निर्देशक नेल्सन दिलीपकुमारले निर्देशन गर्ने बलिउड हंगामाले जनाएको छ । संगीत कम्पोज चाहिं अनिरुद्र रविचन्द्रले गर्ने भएका छन् ।
फिल्मको मुख्य भूमिकामा राम्या कृष्णा र प्रियंका अरुल मोहनले समेत अभिनय गर्ने भएका छन् । सन् २०२२ अगस्टदेखि फिल्म छायांकन सुरु हुने जनाइएको छ । सन् २०२३ मा फिल्म रिलिजको तयारी छ ।


