Comments Add Comment

नेकपा प्रवक्ता प्रकाण्ड र गृहमन्त्रीबिच भेटवार्ता

२५ जेठ , काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रकाण्डले विभिन्न अभियोगमा पक्राउ परेर थुनामा राखिएका आफ्ना पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिएर उनीहरुलाई रिहाइ गर्न गृहमन्त्रीसँग माग गरेका छन्।

त्यसक्रममा गृहमन्त्री खाणले नेकपासँग अघिल्ली सरकारले गरेको सहमतिअनुसार सरकारले काम गरिरहेको जानकारी दिएका छन् । थुनामा रहेका नेकपाका नेता कार्यकर्ताको कानुन अनुरुप मुद्दा फिर्तासँगै उनीहरुलाई रिहाइको लागि महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रक्रिया सुरु गरिएको जवाफ गृहमन्त्रीले दिएका स्रोतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै