Comments Add Comment

Advertisment

SKIP THIS

रोहित सेठ्ठीको फिल्म ‘सूर्यवंशी’लाई दर्शकमाझ ल्याउने तयारीमा

२६ भाद्र काठमाडौ । बलिउड निर्देशक रोहित सेठ्ठी आफ्नो फिल्म ‘सूर्यवंशी’लाई गत मार्च २४ दर्शकमाझ ल्याउने तयारीमा थिए ।

तर विश्वव्यापी कोभिड महामारीका कारण उनले रिलिजको योजना पछाडि धकेले । निर्माणको झण्डै डेढ वर्ष बितिसक्दा पनि यो फिल्म रिलिज हुने कुनै छाँटकाट नै देखिएको छैन ।

अहिले रोहित नयाँ फिल्म ‘सर्कस’को तयारीमा व्यस्त छन् । यो फिल्म साहित्यकार विलियम सेक्सपियरको नाटक ‘द कमेडी अफ इरोर्स’को अधिकार लिएर बनाउन लागिएको हो । फिल्ममा रणवीर सिंह, वरुण शर्मा, पुजा हेड्जे र ज्याकुलिन फर्नान्डिज प्रमुख भूमिकामा छन् ।

केही समयअघि फिल्ममा अभिनेत्री दीपिका पादुकोणको पनि अभिनय रहने समाचार सार्वजनिक भएको थियो । उनी एक गीतमा देखिने चर्चा थियो । फिल्म निकट स्रोतका अनुसार फिल्ममा दीपिकालाई फिल्म ‘चेन्नइ एक्सप्रेस’को चरित्र मिनाम्मामा प्रस्तुत गरिनेछ ।

सन् २०१३ मा रोहितकै निर्देशनमा बनेको फिल्म ‘चेन्नइ एक्सप्रेस’मा दीपिकाको चरित्रलाई उनको करियरकै एउटा उत्कृष्ट चरित्रका रुपमा हेर्ने गरिन्छ । दीपिकाको चरित्र अनुसार फिल्ममा उपयुक्त हुने भएकाले उनलाई अभिनय गरानउ लागिएको बताइएको छ ।

फिल्मका व्यापार विश्लेषकका अनुसार रणवीर र दीपिका बलिउडको रुचाइएको जोडी भएकाले पनि फिल्मको कुनै गीत वा एक दृश्यमा दुवैलाई एकैसाथ प्रस्तुत हुनु दर्शकसँगै निर्माताका लागि पनि फाइदाजनक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै