Comments Add Comment

Advertisment

SKIP THIS

इलाका प्रहरी कार्यालय हलेसीका इन्स्पेक्टर प्रमोद कार्की सर्वोत्कृष्ट प्रहरी घोषित 

जिल्ला प्रहरी कार्यालय खोटाङले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।     सर्वोकृष्ठ प्रहरी घोषित हुनेमा इलाका प्रहरी कार्यालय हलेसीमा कार्यरत प्रहरी निरीक्षक निरीक्षक प्रमोद कार्की रहेका छन् ।

ईलाका प्रहरी कार्यालय हलेसी खोटाङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी कार्यरत प्रहरी निरीक्षक प्रमोद कार्कीले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै प्रहरी निरीक्षक प्रमोद कार्कीले मिति २०७८।११।२३ गते जिल्ला खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं . ०५ बतासेघाट स्थित अबैध ( गाँजा ) को कारोबार भई रहेको छ ।

सुचना संकलन गरी प्रहरी टोली लिई गई उक्त स्थानमा प्लाष्टिकको ७ ( सात ) वटा बोराको पोकाहरुमा ३२ किलो ४८५ ग्राम लागु औषध गाँजा सहित जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं . ०५ बस्ने खड्क बहादुर राईको छोरा वर्ष ३३ को धिरज राई र सोही स्थानमा बस्ने रहन सिं राईको छोरा बर्ष ५१ को युवराज राईलाई पक्राउ गरेको साथै • महिला तथा बालबालिका बिरुद हुने अपराध , लागु औषध , महिला हिसाँ , ट्राफिक नियम लगायत समुदाय प्रहरी साझेदारी कार्यक्रम गरी समाजमा हुने बिभिन्न किसिमका अपराधिक गतिबिधिहरु नियन्त्रण गर्नुको साथै बिभिन्न सरोकारवाला सरकारी तथा गैह सरकारी कार्यालयहरुसंग आवश्यक समन्वय गरी हुन सक्ने अपराधिक गतिबिधि रोकथाम तथा भरपर्दो सुरक्षा व्यवस्था गरेको साथै आफ्नो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी आचारण तथा अनुशासनमा राखी काम कारवाहि निर्वाह गरी विभागिय मुल्य,मान्यता,आदेश निर्देशको पालना गरी व्यवसायिक,लगनशिल,कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही आफूलाई दिएको जिम्मेवारी,दायित्व उच्च मनोवलका साथ निर्वाह गरी अति प्रशंसनिय ढंगबाट कार्य सम्पादन गरेकोले प्रहरी निरीक्षक प्रमोद कार्कीलाई निजले गरेको कार्यको कदर स्वरूप २०७८ साल फागुन महिनाको POLICE OF THE MONTH घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै