Comments Add Comment

Advertisment

SKIP THIS

सवैतिरवाट लुटिएको देश : नासुको चमत्कार !

२१ चैत , काठमाडौ ।  पूर्वनासु रघुनाथ घिमिरे अहिले मिडियाबृत्तमा चर्चाको पात्र बनेका छन ।

जनार्जन शर्मा अर्थमन्त्री हुँदा अनधिकृत रुपमा करको दरमा हेरफेर गरेको अभियोगमा अहिले अख्तियारमा मुद्दा दायर भएको खवर कान्तिपुर दैनिकलगाएत अन्य मिडियामा व्यापक चर्चा परिचर्चा गरिएको छ ।

उनले सरकारी सेवा अवधिमा अवैध रुपमा कमाएको सम्पतिको हिसाब गर्दा करिब ४० देखि ५० करोडको हाराहारीमा आउने देखिन्छ । सरकारी सेवामा नियुक्ति लिदा खरिदार पदबाट सेवा शुरु गरेका घिमिरेको जीवनमा शुरुमा जागिर खाने , पढ्ने, परिवारको गर्जो टार्ने नै थियो र, प्रायस् नेपालको जुनसुकै बिधाको जागिरे जीवनको शुरुको अवस्थाको सोच प्रायस् यही नै हो । तर उनले आफ्नो जीवनमा सोच्दै नसोचेको चित्रहरु बिचित्र रुपमा कसरी कोरे त १ यो रहस्यको विषय छ !

एउटा नासुको जागिरबाट अवकाश लिएका रघुनाथको जीवनमा यस्तो कायाँपलट कसरी आयो रु र , अर्कोतिर सहसचिब पदमा रिटायर हुंदा पनि शहरमा रुमलिएको जीवन कोठाको बासमा सीमित हुन्छ भने यसको अन्तर्य पत्ता लगाउने कसले त रु यसका केही तथ्यहरु हुन स् रघुनाथ शुरुदेखि घरानिया अर्थात त्यस्तै कुकृत्य गर्ने नेताहरुको पछि लागे ।

स्वधर्म त्यागे, लोभलालचमा मात्र जागिरे जीवन बिताए, आफुले पनि सातपुस्ताको स्मरण गरे भने अरुको जीवन पनि परिवर्तन गराए तर एउटा सहसचिबमा रिटाएर भएको त्यो पात्र (सवै नभनौं ) ले इमान्दारीता, नैतिकता नै जीवनको अमूल्य गहना सम्झिएर नै जीवनभर त्यही गहनाले सुसज्जीत छ भने रघुनाथको पाप कर्मले जिउंदै यमराजको कठघरामा परे उनी ।

तर नेपालका हरेक निकायहरु यस्तै भ्रस्टाचारको जालोमा जेलिएका छन तर यसको निगरानी कसले गर्ने ता कि जसले गर्दा रघुनाथजस्ता पापिष्ट भ्रष्टाचारीहरु उम्किने बाटो खुलोस ! सरकारको नेतृत्व गर्नेहरु अझै खाली भाषणमै समय खेर फालिरहेका छन , आर्थिक मन्दीले जनताको दैनन्दिनी दुस्खद अवस्थामा छ, समाजमा अराजकताले बिकृतिहरु मौलाएका छन, राजनीतिक क्षेत्र सुल्झिने छाँटकाँट छैन , आर्थिक क्षेत्रमा त झन रघुनाथजस्ताको गिद्देदृष्टिले कहिले सुधार आउने रु उता सत्तासीन दलका नेता भने मयल पोशाक तयारी गरी पद र प्रतिष्ठाको लागि मौसमी पदभार ग्रहणको प्रतिक्षामा छन ।

अनि जनताले अझै पनि गाँस, बास, कपास, शिक्षा , स्वास्थ्य र रोजगारीको अवसर कहिले पाउने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै