
११ माघ , काठमाडौँ । ललितपुर,पाटन उच्च अदालतबाट बैंकिङ कसूर मुद्धामा ४० लाख रुपैँया जरिवाना र १० दिन कैद तोकिएका तोरण बाबु श्रेष्ठलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम दस दिन कैद र ४० लाख रुपैँया जरिवानाको फैसला गरेको थियो । फरार भएको श्रेष्ठलाई जिल्ला प्रहरी रामेछापबाट खटिएको टोलीले आज दिउसो काठमाडौंबाट रामेछाप आउदै गर्दा बिशेष सुचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको रामेछापका डिएसपी नवराज ढुंगानाले बताए ।
रामेछाप जिल्लाको सुनापती गाउपालोका वडा नं. ५ घर भई हाल काठमाण्डौ बस्ने ४४ वर्षीय श्रेष्ठलाई रामेछाप प्रहरीले आज पक्राउ गरेको हो । श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई चेक दिएका थिए । फैसला कार्यान्वयनको लागि आजै श्रेष्ठलाई रामेछाप जिल्ला अदालतमा पेश गरिएको ।






