Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी भुपेन्द्र खत्रीद्वारा जुनियर कर्मचारीलाई रिफ्रेस गराउन सिनेमाको टिकट प्रदान

काठमाडौं । प्रहरीमा जुनियर स्टाफहरूप्रति हाकिमको व्यवहार रुखो हुने गरेको बेला बेलामा सुनिन्छ । सबैभन्दा बढी ड्युटी गर्ने प्रहरी जवान तथा जुनियर अधिकृतहरूको समस्याबारे कार्यालय प्रमुखहरू बेखबर भने छैनन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले आज शनिवार २० जना जुनियर प्रहरी कर्मचारीहरूलाई कमलपोखरी स्थित City Center मा रहेको Big Movies सिनेमा हलमा फिल्म हेर्न टिकट उपलब्ध गराएका छन् ।

परिसर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीमध्येबाट टिकटको उपलब्धता हेरेर २० जनालाई सो अवसर प्रदान गरिएको हो ।

प्रहरी कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आफूले फरक फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम मिलाउने गरेको एसएसपी खत्रीले बताए ।

यसअघि पनि तनाव व्यवस्थापन तालिमका साथै हाइकिङ, वनभोज, मनोपरामर्श र महिला कर्मचारीलाई स्यानिटेशन सम्बन्धी सामग्रीहरू प्रदान गर्ने गरिएको खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै