Comments Add Comment

Advertisment

SKIP THIS

माल्टा पठाइदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

३० जेठ , काठमाडौ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मुगु छाँयानाथ रारा नगरपालिका(३ ईमा घर भई हाल काठमाडौं महानगरपालिका(१४ कलंकी बस्ने ३४ वर्षीय प्रविन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

खड्काले २ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइ प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी ९ लाख रुपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका(१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको उक्त कार्यालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment