Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक माघ २८ र २९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने

२६ माघ , काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक माघ २८ र २९ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । बैठक बिहान ११ बजेदेखि सुरु हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

पार्टी पदाधिकारीको टुंगो लगाउने भन्दै पुस २५ मा बोलाएको बैठक पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगित गरिएको थियो । माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment