Comments Add Comment

Advertisment

SKIP THIS

बाग्मती

List Grid
स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित

३ श्रावण , काठमाडौ । नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नतिको क्रममा रहेको छ । गत वर्ष चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढीले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्‍याएपछि पुनर्निर्माणसँगै सडकलाई दुई लेनमा विस्तार गर्ने काम अघि बढाइएको हो ।
निर्माण कार्य जारी रहेकाले वर्षायाममा सडकका धेरै स्थान हिलाम्मे बनेका छन् । सडक खन्ने, चौडा पार्ने काम भइरहेका कारण मालवाहक सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ । विशेष गरी नेपाल–चीनबीच आयात–निर्यात हुने कन्टेनर र ठूला ट्रकहरूलाई साँघुरो तथा हिलोयुक्त सडक पार गर्न समस्या हुने गरेको छ ।
रसुवागढी नाका …

प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ

आइतबार, ०३ साउन । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव महासेठले सरकारलाई प्रतिपक्षसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।
सरकारले प्रतिपक्षलाई वास्ता गर्दैन र पेलेरै अगाडि बढ्ने सोच राख्छ भने त्यो सरकार टिकाउ नहुने उनको जिकिर छ । वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी कार्य हुन नसकेको सङ्केत गर्दै उनले सरकारले सबै दललाई मिलाएर लैजानुपर्ने बताए।
मधेस प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पाएको जनमतबारे टिप्पणी गर्दै उनले मधेसी जनताले विश्वास …

आजको सुनचाँदी मूल्य

आइतबार, ०३ साउन । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार २४० निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन रु दुई लाख ८२ हजार १०० र चाँदी रु चार हजार २०० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार …

‘सरकार फेरिन्छ,भाषण फेरिन्छ…तर तारकेश्वरमा बस कुर्ने नियति फेरिँदैन!’राजधानीको छिमेकी नगरपालिकाको सार्वजनिक यातायातको पीडा

काठमाडौं। नेपालको राजधानी काठमाडौंसँग जोडिएको छिमेकी नगरपालिका तारकेश्वर भएर देशकै महत्वपूर्ण पासाङ ल्हामु राजमार्ग गुड्छ।
नेपाल–चीन व्यापारका लागि रणनीतिक महत्व बोकेको यही सडकमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन्। तर विडम्बना, यही राजमार्ग आसपास बसोबास गर्ने स्थानीय भने अझै पर्याप्त सार्वजनिक बस सेवाको अभावमा दैनिक सास्ती भोगिरहेका छन्।
विशेषगरी आठमाइल, मुड्खु र बाइपास आसपासका बस्तीका स्थानीय बिहान र बेलुका सार्वजनिक बसको प्रतीक्षामा लामो समय बस्न बाध्य हुने गरेको बताउँछन्।
आएका बसहरू भरिभराउ हुने, कतिपय बसले यात्रु नरोकी अघि बढ्ने र बाध्य भएर महँगो भाडा तिरेर अन्य सवारी प्रयोग गर्नुपर्ने अवस्था वर्षौंदेखि दोहोरिँदै आएको उनीहरूको …

महालेखा प्रतिवेदन : तारकेश्वर नगरपालिकामा वित्तीय व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव

काठमाडौं। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन अनुसार काठमाडौं जिल्लाका १० स्थानीय तहमध्ये तारकेश्वर नगरपालिकाको बेरुजु दर सबैभन्दा बढी ३.५९ प्रतिशत रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाको बेरुजु १२ करोड २० लाख ३५ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च रहेको जनाइएको छ। हालसम्म नगरपालिकाको कुल बेरुजु ५६ करोड ८ लाख ५ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले बजेट कार्यान्वयन, लेखा पारदर्शिता तथा वित्तीय अनुशासनका विभिन्न पक्षमा थप सुधार आवश्यक रहेको औंल्याएको छ। प्रशासनिक, आर्थिक तथा नीतिगत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव पनि महालेखा परीक्षकको …

तारकेश्वरका पत्रकारको संयुक्त खबरदारी : ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप स्वीकार्य छैन’

काठमाडौं । तारकेश्वर नगरपालिका क्षेत्रमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूले नगरपालिकाले असार ११ गते जारी गरेको ‘ध्यानाकर्षण’ सम्बन्धी विज्ञप्तिप्रति गम्भीर असहमति जनाउँदै शुक्रबार प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
पत्रकारहरूले नगरपालिकाको विज्ञप्तिले कुनै एक समाचार वा व्यक्तिगत अभिव्यक्तिलाई आधार बनाएर समग्र पत्रकार समुदायमाथि अविश्वास, पूर्वाग्रह र आरोप लगाउने प्रयास गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन्।
उनीहरूले लोकतान्त्रिक शासन व्यवस्थामा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकार संविधानद्वारा सुनिश्चित मौलिक अधिकार भएकाले सार्वजनिक निकायका गतिविधि, निर्णय, सेवा प्रवाह, विकास निर्माण तथा जनचासोका विषयमा समाचार संकलन र सम्प्रेषण गर्नु पत्रकारको संवैधानिक …

भ्रष्टाचारको आरोपमा मुछिएका रामरतन साहलाई केयुकेएल सीईओ बनाउन दबाब : महानगरदेखि प्रधानमन्त्री सचिवालयसम्म ‘सेटिङ’को चर्चा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को कार्यकारी प्रमुख (सीईओ) मा विवादित कर्मचारी रामरतन साहलाई नियुक्त गर्न तीव्र राजनीतिक तथा प्रशासनिक दबाब परेको आरोप सार्वजनिक भएको छ।
स्रोतका अनुसार काठमाडौं महानगरपालिका की कार्यबाहक मेयर सुनिता डंगोल माथि प्रधानमन्त्री सचिवालयका सदस्यदेखि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सम्मबाट साहलाई सीईओ बनाउन चर्को दबाब परेको बताइएको छ।
रामरतन साह यसअघि काठमाडौं महानगरपालिकाको खरिद इकाई प्रमुख हुँदा विभिन्न भ्रष्टाचार, कमिसन र टेण्डर सेटिङ प्रकरणमा विवादित बनेका व्यक्ति हुन्।
२०८२ साल साउनमा महानगरका कर्मचारीहरूले साहले खरिद प्रक्रियामा एकलौटी निर्णय गर्दै हरेक भुक्तानीमा ‘दररेट’ तोकी घुस माग्ने गरेको …

ग्यास वान नेपाल र रोजमेरी आइडल बोर्डिङ स्कुलको संयुक्त पहलमा हजारौँलाई सन्देश दिने ‘फायर सेफ्टी’ तालिम सम्पन्न”

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ७ मनमैजुस्थित Rosemary Idol Boarding School मा आगलागी नियन्त्रण तथा एलपी ग्यास सुरक्षासम्बन्धी विशेष सचेतना तथा व्यवहारिक तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
Gas One Nepal Pvt. Ltd. को आयोजना तथा विद्यालयको सहकार्यमा सम्पन्न “Fire Control and LP Gas Safety Awareness Training Programme” ले विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा सुरक्षा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
२०८३ साल जेठ ८ गते शुक्रबार सम्पन्न कार्यक्रममा आगलागी नियन्त्रण, एलपी ग्यासको सुरक्षित प्रयोग, आकस्मिक विपद् व्यवस्थापन तथा प्रारम्भिक उद्धार सम्बन्धी सैद्धान्तिक र व्यवहारिक …

“द अनकाउन्टेड युथ्स”द्वारा तारकेश्वर–१ मा हरियाली अभियान : सरसफाइ र वृक्षारोपण सम्पन्न

तारकेश्वर नगरपालिका–१ स्थित साङ्ला बिहानी चोक नजिक रहेको मठमन्दिर परिसर तथा सार्वजनिक जग्गामा “द अनकाउन्टेड युथ्स” र अनाहाता नेपालको संयुक्त आयोजनामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व अभिवृद्धि तथा वातावरणमैत्री समाज निर्माण गर्ने उद्देश्यसहित गरिएको उक्त कार्यक्रमले स्थानीय क्षेत्रमा हरियाली प्रवर्द्धन र स्वच्छ वातावरण कायम गर्ने सन्देश दिएको आयोजकले बताएका छन्।
कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागीहरूले सरसफाइसँगै वृक्षारोपणमा सक्रिय भूमिका निभाउँदै समुदायप्रतिको जिम्मेवारी र सामाजिक चेतना अभिवृद्धि गरेका थिए।
संस्थाहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानले समाजमा हरियाली विस्तार र वातावरण संरक्षण आवश्यक रहेको सन्देश …