- Home
- Showing Post From:-बाग्मती
बाग्मती
काठमाडौं । देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीपछि हजारौं नेपाली नागरिक पीडा र संकटमा परेका छन्।
कसैले आफ्नो घर गुमाएका छन्, कसैले जीवनभरको कमाइ गुमाएका छन् भने कतिपयले आफ्नै परिवारका सदस्यसमेत गुमाउनुपरेको छ।
रसुवा लगायतका बाढी प्रभावित क्षेत्रका धेरै परिवार अहिले निकै कठिन अवस्थामा छन्।
बाढीले घर, सम्पत्ति र आवश्यक सामग्री बगाएपछि कतिपय परिवार राहत र सहयोगको प्रतीक्षामा छन्। साना बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित भएका छन्।
एकातिर बाढीपीडितहरू सुरक्षित बसोबास, खाना र आवश्यक सामग्रीको अभावमा कठिन समय बिताइरहेका छन् भने अर्कोतर्फ देशका विभिन्न ठाउँमा जनैपूर्णिमा तथा नजिकिँदै गरेको तीजका अवसरमा चाडपर्वको रौनक पनि देखिन थालेको …
रसुवाको टिमुरेमा आएको बाढीबाट ज्यान जोगाउन सफल भएकाहरूको भिडियो मार्फत अवस्थाको विषयमा जानकारी आउन थालेको छ।
बिहान रसुवामा आएको बाढीको वितण्डाबाट जोगिएका स्थानीय सञ्जीव श्रेष्ठ र प्रहरी सहायक हवल्दार तारा केसीले सामाजिक सञ्जालमा भिडियो कैद गरेर सार्वजनिक गरेका छन्। उनीहरुले सार्वजनिक गरेका दृश्यहरूले त्यहाँको भयावह स्थिति देखाएको छ ।
सञ्जीव श्रेष्ठको सन्देशस् ‘७५ प्रतिशत मानिस बाढीमा पुरिएका हुन सक्छन्’ । बाढी आएपछि भागेर जङ्गलमा पुगेका स्थानीय सञ्जीव श्रेष्ठले केही समयपछि टिमुरेको माथिल्लो भाग पुगेका छन् । उनका अनुसार बिहान ८ः५३ बजे एक्कासि आएको बाढीले टिमुरे बजारमा अपूरणीय क्षति पुर्याएको छ ।
‘अत्यन्तै दुखद …
सरकारले रसुवागढी र भोटेकोशी नदीको तटीय क्षेत्रमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेका परिवारलाई तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मृतकका परिवारलाई प्रचलित कानुन बमोजिमको राहत तथा क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । सरकारले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा परेका परिवारलाई आर्थिक मलमपट्टि लगाउन यो कदम चालेको हो ।
क्षतिपूर्ति रकमका साथै बाढीमा घाइते भएकाहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने र घरबास गुमाएकाहरूलाई सुरक्षित स्थानमा गाँसबासको व्यवस्था मिलाउने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ ।
पुनर्निर्माण र दीर्घकालीन राहतका …
भाद्र ८ , काठमाडौ । शंखमुलको भ्याली होस्टलमा युवक हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको हो ।
५ भदौको बिहान १० बजेतिर कालाथोकीमाथि चक्कु प्रहार भएको थियो । उपचारका लागि सिभिल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । कालाथोकी हत्या प्रकरणमा प्रहरीले बाराको कलैया–३ का १९ वर्षीय शेखर यादव १९ वर्षकै प्रमित पटेललाई पक्राउ गरेको थियो । उनीहरु पनि उक्त होस्टलमा बस्ने व्यक्ति हुन् …
प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए । शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।
काठमाडौँको शंखमुलमा शुक्रबार २२ वर्षीय वसन्त कालाखेतीलाई दुईजना मिलेर धारिलो हतियार प्रहार गरेर हत्या गरे ।
महानगरपालिका वडा नम्बर–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा बस्ने २२ वर्षीय कालाखेती दाङको घोराही उपमहानगरपालिका–१७ का स्थानीय हुन् ।
छोराको हत्या भएको खबर थाहा पाएपछि दाङमा उनकी आमाले प्राण त्यागेकी छिन् । छोराको हत्या भएको खबर थाहा पाएपछि सिलिङ फ्यानमा पासो लगाएर झुन्डेको अवस्थामा ३८ वर्षीया बिना कालाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा। हेम केसीले बताए । उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
उनका श्रीमान् वैदेशिक रोजगारीका लागि …
५ भाद्र , काठमाडौ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा घाइते भएका एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका- १७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको हो।
उनीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ का १८ वर्षीय शेखर यादव र २ण् वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न …
५ भाद्र , काठमाडौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा प्रदर्शन भएको छ ।
अधिकारकर्मी र आफन्तहरुले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । बारामा गरिमाका लागि न्याय माग्दै उनका उनका आमा–बुवासहित स्थानीय सडकमै धर्ना बसेका छन् ।
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका-१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।
भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किँदा उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो।
स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजतलास गर्दा पनि बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन परेको थियो। बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट …









