Comments Add Comment

देश

List Grid
बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
विहिबार बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा सुर्मा गाउँपालिका–४ का करिब २७ वर्षीय जिप चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा चालकसहित तीन जना सवार थिए । घाइते दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला …

सुनचाँदीको मुल्य

नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ९३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४४२५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी सोहि मुल्यमा कारोबार भएको थियो ।

नेप्सेमा गिरावट, ४ अर्ब ७६ करोडको कारोबार

नेप्सेमा आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से ४.८२ अंकले घटेर २८९८.८९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५२ कम्पनिका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता शेयर ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ मा कारोबार भएको थियो । आज हाइड्रो, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर १४.३७ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ८.४१ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सानिमा ग्रोथ फण्डको शेयर ३.७८ प्रतिशतले घटेको छ । …

नोटबन्दी गर्न रास्वपा सांसद न्यौपाने माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपाने नोटबन्दी गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विगतमा भ्रष्टाचार गरेको पैसाले अहिले चलखेलको प्रयास गरिएको भन्दै एक हजार र पाँचसयका नोट बन्द गरेर नयाँ नोट छाप्न आग्रह गरेका हुन् ।
उनले भने-‘३५ बर्ष देखि यो देश लुटेकाहरुले राखेको कालोधनका कारण आज उनीहरुले आज शक्ति प्राप्त भयो भन्दै यो देशका विरुद्धमा, प्राप्त जनमतका विरुद्धमा संघर्ष गर्ने भनेर यदाकदा सुनिदैछ । हामीलाई थाहा छ यो पैसा कालोधन हो, यो देश लुटेको धन हो । यो पैसाको व्यवस्थापन उनीहरुले विभिन्न …

उडिरहेको विमानमा पाइलटबीच झगडा, फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण

काठमाडौँ । उडिरहेको विमानमा दुई पाइलटबीच विवाद भएपछि दुबईबाट इजरायलको तेल अभिवतर्फ उडेको फ्लाईदुबईको विमान साउदी अरबको उत्तरपश्चिमी क्षेत्रस्थित ताबुक विमानस्थलमा अवतरण गरिएको छ।
बुधबार बिहान भएको घटनामा करिब १८० जना इजरायली यात्रु सवार विमान निर्धारित मार्गबाट अचानक भड्किएपछि सुरक्षा निकायमा चिन्ता बढेको थियो। विमान तेल अभिवतर्फ जानुको सट्टा साउदी अरबको दिशातर्फ अघि बढेपछि सम्भावित सुरक्षा घटनाको आशंका गरिएको थियो।
विमानले निर्धारित मार्ग परिवर्तन गरेपछि तथा आपत्कालीन अवस्थाको सूचना आएपछि विमान अपहरण भएको हुनसक्ने आशंकासमेत गरिएको बताइएको छ।
तर, विमान सुरक्षित रूपमा ताबुक विमानस्थलमा अवतरण गरेपछि घटनाको कारण दुई पाइलटबीच उडानकै क्रममा विवाद …

मनाङमा बाढीपहिरोपछि १५ टेलिकम टावर अझै बन्द, सेवा पुनःस्थापनामा तीव्रता वैकल्पिक व्यवस्थामार्फत सेवा सञ्चालन गर्न मन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन्।
असोज ८ देखि ११ गतेसम्म आएको विपद्का कारण नेपाल टेलिकमका १ हजार १३२ वटा टावर प्रभावित भएका थिए। तीमध्ये १ हजार २ वटा टावर सञ्चालनमा आइसकेका छन् भने १३० वटा टावर अझै बन्द अवस्थामा रहेका छन्।
मन्त्रालयमा नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा, उद्धारकर्मी तथा सरकारी निकायलाई कठिनाइ हुने भएकाले सेवा पुनःस्थापनालाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्।
विद्युत् आपूर्ति तत्काल सम्भव नभएका स्थानमा वैकल्पिक उपाय …

मुस्ताङमा बाढी–पहिरोले ठूलो क्षति, सांसद योगेश गौचनद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । मुस्ताङमा पछिल्लो समय आएको बाढी, पहिरो तथा नदी कटानबाट भएको जनधनको क्षतिप्रति प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौचनले अविरल वर्षापछि आएको प्राकृतिक प्रकोपका कारण मुस्ताङको जनजीवन, कृषि तथा पूर्वाधारमा ठूलो असर परेको जानकारी गराए।
उनका अनुसार लोमान्थाङ गाउँपालिका, घरपझोङ, थासाङ तथा १२ गाउँ मुक्ति क्षेत्रका विभिन्न वडामा बाढी र पहिरोले क्षति पुर्‍याएको छ। लोमान्थाङ–१, २ र ६ मा सिँचाइ प्रणाली तथा कृषि पूर्वाधारमा पूर्ण क्षति पुगेको उनले बताए। घरपझोङ र थासाङका विभिन्न बस्तीसमेत जोखिममा रहेको उनको भनाइ …

प्रधानमन्त्री शाहको सीमा बारेको अभिव्यक्तिप्रति श्रमसंस्कृतिले माग्यो जवाफ

श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहले गएको जेठ १७ गते सीमाबारे संसदमा दिएको अभिव्यक्तिबारे जवाफ माग गरेको छ ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृतिका सांसदहरुले बैठक शुरु हुना साथ उठेर विरोध गर्दै प्रधानमन्त्रीको जवाफ मागेका हुन् । बैठकमा बोल्दै सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउन गरिएको मागको सम्बोधन कहिलेसम्म हुन्छ ? भन्दै प्रश्न गरेकी थिइन् ।
उनले लामो समयदेखि आफुहरुले राखेको माग सच्याउन वा सदनको रेकर्डबाट हटाउन माग गरेको तर आजसम्म पनि यो मागको सम्बोधन नभएकाले कहिलेसम्म हुन्छ ? भन्दै प्रश्न गरेकी थिइन्

जटिल प्रसूति समस्या भएपछि धादिङबाट २४ वर्षीया महिलाको हवाई उद्धार

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।
जटिल प्रसूति समस्या सिर्जना भई उनको ज्यान जोखिममा परेको अवस्थामा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत तामाङको उद्धार गरिएको हो ।
हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ल्याइएको छ। हाल उनको आवश्यक उपचार भइरहेको छ ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका जटिल प्रसूति अवस्थाका गर्भवती …